अर्घाखाँचीमा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा डालेघाँस काट्ने क्रममा करेन्ट लागेर खिल्जीमा आज एक जनाको मृत्यु भएको छ ।
जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर ९६ खिल्जी हटिया निवासी ६५ बर्षिय कविराम श्रेष्ठले आफ्नो घर नजिकै बारिको छेउमा रहेको कुटमेराको रूखमा चढेर घाँस काट्ने क्रममा रुख देखि माथि बाट गएको हाइटेन्सन बिजुलीको तारले रुखलाइ छुदा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याएको छ । यस्ता घटना अर्घाखाँचीमा पटक पटक दोहोरिएको भन्दै स्थानियबासीन्दा आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्