बोलेरो जिप दुर्घटना : तीन जना प्रहरीको मृत्यु
काठमाडौं, चैत ३० । ओलखढुंगाको हर्कपुरमा बोलेरो जिप दुर्घटना हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । सोलुखुम्बुबाट विराटनगर तर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
हतियार मर्मत गर्न विराटनगर आउँदै गरेको बोलेरो दुर्घटना हुँदा एकजना प्रहरी हवल्दार र दुईजना प्रहरी जवानको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीन राईले जानकारी दिए ।
प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो भने प्रहरी जवान रुपन विष्टको उपचारको क्रममा प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राईले मकालुखबरलाई जानकारी दिए ।
बिहान सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा १७ च १०९४ नम्बरको बोलेरोमा ९ जना सवार रहेका थिए । अन्य ६ जनाको अबस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्दार गरेर प्रहरी अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्