भक्तपुरमा रहेको एक सहकारीबाट रातारात सात लाख रुपैयाँ चोरी
काठमाडौं , चैत २३ । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो ।
सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी भएको पाइएको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्