माटोको ढिस्कोमा पुरिँदा तीन घाइते, दुईको अवस्था चिन्ताजनक

काठमाडौं । माटोको ढिस्कोले पुरिएर बैतडीमा तीन जना मजदुर घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन्।

घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए।

मानप्रसाद भट्टको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसाद भट्टको ढाड र पेटमा चोट लागेको छ। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्त भट्टको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डमा ढुंगा निकाल्ने क्रममा मंंगलबार दिउँसो माथिबाट खसेको ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन्।

प्रतिक्रिया दिनुहोस्