चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं, चैत ९ । कीर्तिपुर नगरपालिकाको चोभारमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

बुधबार ना १ ज ६३५४ नम्बरको टाटा सुमो गाडीले बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई टक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दुर्घटनामा काठमाडौंको नागार्जुन नगरपालिका बस्ने समीर गिरीको मृत्यु भएको छ। अर्का मृतकको पहिचान खुलेको छैन।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याइएकोमा लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो। गाडी चालक सिमरा उपमहानगरपालिका–६ का सञ्जय खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्