एक दिनमै करोड भन्दा बढि कित्ता बोनस सेयर सूचीकृत

काठमाडौ । आईतबार एकदिनमै बिभिन्न बैंक, लघुवित्त, हाइड्रोपावर कम्पनीहरुको १ करोड ३ लाख ४२ हजार ४२३.०८ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । यी कम्पनीहरुले पहिलेनै साधारण सभाबाट पारित गरेका बोनस सेयरहरु आज आईतबार सूचीकृत गराएका हुन् ।

कैलाश विकास बैंक,र एक्सेल डेभलपमेण्ट बैंक तथा हाइड्रोपावरहरुमा चिलिमे हाइड्रोपावर र बरुण हाइड्रोपावर त्यस्तै लघुवित्तहरुमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्सले बोनस सूचीकरण गराएका हुन् ।

सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीले ५१ लाख ७१ हजार ८८६ दशमलव ७२ कित्ता बोनस सूचीकरण गराएको छ भने सबैभन्दा कम ग्लोबल आईएमई लघुवित्तको एक लाख १३ हजार कित्ता सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्