२ वटा मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

काठमाडौँ , माघ २० । काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जना
पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ् रहेका छन ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङ्गको साथबाट बास्तबिक नम्बर परिबर्तन गरि बा.प्र.-०२,०२५ प १३१८ नम्वर हालेको अबस्थामा कालो रातो रंङको २२० सी।सी।को पल्सर मोटरसाईकल समेत बरामदगरेको जानकारी दिए ।

अनुसन्धान पश्चात बास्तबिक नम्बर बा.प्र.-०२,०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गतेभक्तपुर निलबाराहीबाट हराएकोखुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए ।

तामाङ्गलाई थप अनुसन्धान एव कारबाहीको लागीमहानगरीय प्रहरी बृत्त ठिमीपठाइएको महाशाखाले जनाएको छ ।
त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतोरंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसईकलको बास्तबिक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।

तार्केश्वरका प्रज्वल बोगटीको बास्तबिक नम्बर बा ९९ प ४८८२भएको उक्तमोटरसाईकल काठमाण्डौं स्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए ।

मोटरसाईकल सहित पक्राउ परेका महतरालाईचोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्