दुवईबाट लुकाएर ल्याएको सुन दिसाबाट निकालियो

काठमाडौं , माघ १९ । दुवईबाट लुकाएर ल्याएको एक किलो एक सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । उनले सुन मलद्धारमा लुकाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ ।

शौचालयमा दिसा गराएर सुन निकालिएको प्रहरीले जानकारी गराएको छ ।

स्रोतले दिएको जानकारीअनुसार एयर अरेबियाको जहाजबाट बुधबार आएका दावा छिरिङ शेर्पालाई सूचनाको आधारमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्