हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध , सर्वसाधारण मर्कामा

काठमाडौं । हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमिकोट लगायत आसपासका गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा १२ दिनदेखि सर्वसाधारण मर्कामा परेका छन्।

हिल्दुम जलविद्युत आयोजनाको पाइप फुटेर १२ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकामबाट प्रवाह हुने सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

मर्मतका लागि नेपालगन्जबाट इन्जिनियरसहितको टोली हुम्ला आइसकेको र केही दिनभित्रै अवरुद्ध विद्युत सेवा सञ्चालन हुने आयोजना स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्