रौतहटको राजपुरमा गोली चल्यो , एक जना गम्भीर घाइते
काठमाडौं । रौतहटको राजपुर फरहदवामा गोली चलेको छ । बुधबार बेलुका गोली लागि एक स्थानियवासी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि गौर अस्पताल ल्याइएको छ।
रौतहटको राजपुर नगरपालिकाको फतुहा पुल छेउमा अज्ञात समूहले चलाएको गोली लागि राजपुर फरहदवा वडा नं ३ का अन्दाजी ५० वर्षीय शेख शालिम घाइते भएका हुन्।
शेख शालिम राजपुरको पानीटंकी बजारमा मासु पसल खोलेर गुजारा गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्