प्रभु बैंक र ग्रिन डेभलपमेन्टको हकप्रद भर्ने म्याद आज सकिदै ,४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक र ग्रिन डेभलपमेन्टको हकप्रद भर्ने समय आज सकिदै छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा प्रभु बैंक र ग्रिन डेभलपमेन्ट बैंकले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ ।
प्रभुले ४० प्रतिशत तथा ग्रिन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद जारी गरेका थिए ।
यसअघि फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद तोकिएको भएपनि १० दिन म्याद थप फागुन २३ पुर्याएको थियो ।
प्रभु बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि जारी गरेको चार सय प्रतिशत हकप्रदमा आवेदन गर्ने म्याद पनि आज सकिदैँछ । ग्रीनले एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

जसमा पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ । हकप्रदमा आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय बानेश्वर तथा एनआईबिएल क्यापिटल, लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ्ग , गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट समेत हकप्रद भर्न सकिने क्यापिटलले जनाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्रीनको हकप्रद पूँजीकरण पश्चात ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्