राप्ति बस समितिको १७ औं अधिवेशन हुँदै, नेतृत्वमा हमालको विकल्प छैन: व्यवसायी

शरद रेग्मी दाङ । राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिमा नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास शुरु भएको छ ।
समितिको ३७ औं साधाराण सभा तथा १७ औं अधिवेशन यहि फागुन २५ र २६ गते तुलसीपुरमा हुँदै छ ।
समितिको आजको भेलामा सहभागी व्यवसायीहरुले अब को नयाँ नृतृत्वमा पनि सुरेश हमालको विकल्प नभएकोे बताएका छन् । अन्य पदाधिकारीहरुमा पनि सहमतिका लागि छलफल भईरहेको र आकांक्षिहरु धेरै भएकाले सहमत गर्न कठिन भएको भेलामा सहभागी एक व्यवसायीले बताए ।
सर्वसहमति नयाँ नेतृत्व चयनका लागि समितिले समितिका सल्लाहकार खडक बहादुर वुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत चयन गरेको छ । समितिले आजै भेला गरेको आकाक्षिहरुको अन्तिम नामावलि संकलन समेत गरेको छ ।
भेलामा अध्यक्ष बाहेक २८ सदस्यीय समितिका लागि बिभिन्न ४६ जनाले आकाक्षा देखाएको संयोजक खड्ग वुढाथोकिले जानकारी दिए । छलफलमा बोल्ने अधिकांश व्यवसायीहरुले समितिमा अझै सुरेश हमालको बिकल्प नरहेको भन्दै
व्यवसायीक हितका लागि हमाललाइ नै पुनः अध्यक्ष बनाउन आग्रह गरका थिए । आफुहरु बिभिन्न पदका आकाक्षी भए पनि समितिको हित र प्रगतिका लागिी बाधक नबन्ने समेत बताएका छन । उनीहरुले सर्व सहमत नेतृत्व चयनका लागि कार्यदलले गरेको निर्णय आफूहरुलाई मान्य हुने समेत वुढाथोकिले बताउनु भयो ।

कार्यक्रममा व्यवसायीहरुले सवैलाई मिलाएर कार्य क्षमता , नयाँ र पुराना सवैलाई मिलाएर सवै सहमत नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए । सो अवसरमा बोल्दै संयोजक वुढाथोकिले आफुहरुले कसैलाई पनी पक्षपात तथा पुर्वाग्रह नराखि नयाँ नेतृत्व चयनका लागि लाग्ने बताए ।
त्यसैगरि भेलालाई सम्बोधन गर्दैै समितिका अध्यक्ष शुरेस हमालले सबै साथीहरुलाई मिलाएर सर्वसहमत रुपमा नेतृत्व चयन गर्न सबै व्यवसायी तथा समितिका पदाधिकारीहरुलाई आग्रह गरे ।
उनले समितिमा सर्व सहमत नेतृत्व चयन भएमा सहज ढंगले समितिका कामहरु गर्न सकिने भन्दै ब्यवसायीक हितका लागि काम गर्न सक्ने सक्षम नेतृत्वलाई सर्वसहमत चयन गर्नु पर्ने बताए । उनले सवैले त्याग गर्न सक्नु पर्छ । अहिलेको अवस्थामा समिति सामु धेरै चुनौति रहेको तथा ब्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेकाले सक्षम नेतृत्व आवश्यक छ उनले भने, सवैलाई सहज र राम्रो हुने बतावरण निर्माणका लागि पनि सर्व सहमत नेतृत्व आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्