बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

बैतडीको डिलासैनी गाउँपालिका ३ लुलचुडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

म १ ज २३३ नम्बरको जिप दुर्घटनामा घाइते भएका दार्चुलाको मर्म गाउँपालिका ३ का ३६ वर्षीय कृष्ण सिंह विष्टको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा मृत्यु भएको हो।

घाइतेमध्ये ४ जनाको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ। अन्य एक जनालाई उपचारको लागी धनगढी ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्