बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्ई प्रहरीको मृत्यु

काठमाडौं । पोखराको विजयपुरमा गएराति दुर्घटनामा दुई प्रहरीको मृत्यु भएको छ ।

बागलुङबाट काठमाडौं जादै गरेको बा४ख ५७५८ नम्बरको बसले पोखरा आउँदै गरेको ग११प ३६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई प्रहरी मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान सुशिल बानियाँ र प्रदिपकुमार यादवको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्