कृष्णमान श्रेष्ठको संयोजकत्वमा नेवाः पर्यटन तदर्थ समिति गठन

काठमाडौं, मंसिर ५  ।  नेवाः पर्यटन तदर्थ समिती गठन गरिएको छ ।  मंसिर ३ गते ठमेल ज्याठामा नेवा पर्यटन व्यवसायीहरुको भेलाले कृष्णमान श्रेष्ठको संयोजकत्वमा ९ सदस्य नेवाः पर्यटन तदर्थ समिति गठन गरिएको हो ।

जसको सचिबमा पँचलाल श्रेष्ठ , सह-सचिब रँजन राज  भण्डारी त्यसैगरि सदस्यहरुमा तपन राज भण्डारी, जोन श्रेष्ठ , देबेन्द्र डँगोल, सैलेन्द्र श्रेष्ठ, मोहन प्रधान, गोपाल श्रेष्ठ रहेका छन् ।

नेवा पर्यटन व्यावसायिहरुको वृहत भई गठन भएको समितिले नेवारी संस्कृतिको प्रर्वद्धन र बजारीकरण, भातृत्वको विकास र एकतालाई संस्थागत गरिने संयोजक श्रेष्ठले बताए ।

उनले निकट भविष्यमा नै संस्था नेपालको ७ प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्