सेयर बजारमा ४१.५६ अंकको भारी गिरावट

काठमाडौ । आइतबार सेयर कारोबार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयरबजार अन्तत ४१.५६ अंक अर्थात १३०४.४३ विन्दुमा आएर वन्द भएको छ । १३४५ अंकमा खुलेको बजार ४ प्रतिशत अर्थात ५४ अंक १२९१ विन्दु सम्म झरेको थियो । डा.युवराज खतिवडा अर्थमन्त्री भएपछि बजार निरन्तर घटिरहेको छ । अर्थमन्त्री खतिवडाले सेयर बजारका बिषयमा दिएकोे अभिव्यक्तीका कारण बजार घटेको जानकारहरु बताउँछन् । गत बुधवार बिबिसी नेपाली सेवामा दिएको अन्तरवार्तामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार र घर(जग्गा) अनुत्पादक भएको भनेर दिएको अभिव्यक्तीपछि निरन्तर घट्ने क्रममा रहेको सेयर बजारमा उच्च अंकको गिरावट देखिएको हो । बजार उच्च अंकले घट्दा कतिपयले भने यसलाई सेयर किन्ने अवसरको रुपमा समेत लिएका छन् । कारोबारमा सबै समूहमा आएको उच्च गिरावटले नेप्से परिसुचकमा पनि उच्च गिरावट आएको हो । आजको कारोबारमा १३,११,९४८ कित्ता सेयर ४८ करोड ३९ लाख ६७ हजार ५०६ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्