जानकी गाउँ कार्य समितिको सभापतिमा रेग्मी सर्वसम्मत चयन

काठमाडौं, मंसिर १ । जानकी गाउँ कार्य समितिको सभापतिमा गणेशराज रेग्मी सर्वसम्मत चयन हुनुभएको छ ।  पालिकाको सभापतिका लागि मनोनयन दर्तामा ३ जनाले उम्मेदारी दर्ता गराएका थिए ।

आज सहमति भएपछि सभापतिका उम्मेदार मदनप्रसाद चौलागाई र लक्ष्मीप्रसाद खनालले उम्मेदारी फिर्ता लिएपछि पालिकाको सभापतिमा गणेशराज रेग्मी सर्बसम्बत हुनुभएको हो ।

जानकीको उपसभापति महारूप जैशी, लक्ष्मण चौधरी , सचिवमा चेतमान तिरूवा, श्याम चौधरी समेत निर्विरोध चयन हुनुभएको छ । त्यस्तै, सहसचिवमा भीमबहादुर थारू, मथुराप्रसाद भण्डारी चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्