हुम्लामा अागलागी ,३० वटा जलेर नष्ट

काठमाडौं ।  हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर–१, घटवान गाउँमा आगलागी हुँदा ३० वटा घर जलेर नष्ट भएका छन् ।

झण्डै ५० वटा घर रहेको गाउँमा अहिलेसम्म ३० वटा घर जलिसकेको प्रहरीले जनाएको छ ।

अहिले आगो निभाउने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्