झापामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं । झापाको शिवसतासी ८ स्थित पश्चिम बस स्टेशन नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुृनेमा शिवसतासी ११ की ५५ बर्षीय धनमाया राई रहेकी छिन्।

शुक्रबार बेलुकी साढे ७ बजे मे ४ प २९८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्