खातामा रकम नभएको चेक दिएर ७३ लाख ठगी, ठगी गर्ने महिला पक्राउ

काठमाडौं, कात्तिक १० । जानी जानी खातामा पर्याप्त रकम नभएको चेक दिएर ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५, बसुन्धारा बस्ने वर्ष ३५ की अप्सरा खातुन रहेकी छन् ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी सन् २०१८ अक्टोबर १२ मा नबिल बैंक लिमिटेडको चेक काटी दिएको प्रहरीले जनाएको छ । बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ मंसिर १६ मा सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

फरार रहेकी खातुनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित विशेष टोलीले काठमाडौंको चुनीखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्