घुस रकमसहित काठमाडौंबाट सवइन्जिनियर पक्राउ

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक सवइन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

टंगालबाट खटिएको अख्तियारको टोलीले बसुन्धारास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई घुस रकमसहित कार्यालयपरिसरबाटै नियन्त्रणमा लिएको हो।

कलभर्ट निर्माणकार्यको ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको उजुरीका आधारमा केसीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

केसीमाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्