बस र ट्रक आपसमा ठोक्किदा १४ जना घाइते

काठमाडौं । ओखलढुङ्गाको मानेभञ्याङ्ग गाँउपालिका–७ मा गएराति बस र ट्रक आपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ९ बजे बा३ख १७३ नम्बरको बस र ना५ख ६३८५ नम्बरको ट्रक आपसमा ठोकिएको हो । दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बर्दियाका ४५ वर्षीय रुन्चे थारु र काठमाडौंका ४८ वर्षीय रत्न श्रेष्ठ गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते दुबैजनालाई उपचारको लागि काठमाडौं पठाइएको छ । बाँकी घाइते भने सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्