झापामा भान्सा कोठामा कौडा खेलिरहेका १७ जना पक्राउ
काठमाडौं, असोज ६ । झापाको दमक नगरपालिका-१ बाट कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा मंगलबार राति हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा बरामद गरेको ईलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्