काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या
काठमाडौं, भदौ २५ । काठमाडौं उपत्यकामा फाहोर अझै उठ्न सकेको छैन् । यता सहरी विकास मन्त्रालयले नयाँ ल्याण्डफिल्ड साइट बञ्चरेडाँडामा फोहोर फाल्न नदिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या उत्पन्न भएको छ ।
भदौ १८ गतेदेखि नै काठमाडौं महानगरपालिकालाई बञ्चरेडाँडा हस्तान्तरण गर्ने बताएको सहरी विकास मन्त्रालयले हालसम्म पनि फोहोर फाल्न नदिएको महानगरले जनाएको छ।
लामो समयदेखि फोहोर फाल्दै आएको सिस्डोल भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या हुँदै आएको छ। हाल सिस्डोलतर्फको बाटो बिग्रिएको छ। जसका कारण फोहोर बोकेका ट्यांकर गुड्न सकेका छैनन्। पानी परेर बाटो बिग्रिएकाले फोहोर उठ्न नसकेको महानगरले जनाएको छ।
उपत्यकाका अधिकांश ठाउँमा तीन दिनदेखि फोहोर उठेको छैन। अहिले गौशाला, सिनामंगल, कोटेश्वर, शान्तिनगर, तीनकुने, नयाँ बानेश्वर, लगनखेल, सुन्धारा, बालाजु, नयाँ बसपार्कलगायतका क्षेत्रमा फोहोर उठेको छैन। सडकको आसपासमा फोहोर थुपारिएको छ। यस्तो फोहोरले शहर नै दुर्गन्धित हुने पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्