तीज आजबाट शुरु: अभिनेत्रीहरू यो वर्षको तिज कसरी मनाइरहेका छन् ?

काठमाडौँ , भदौ २३ ।नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज आजबाट शुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने प्रचलन अनुसार आज हिन्दु महिला दिदीबहिनीहरुले माइती, आफन्तजन र साथी संगीनीसँग मिलेर मीठा मीठा परिकार सहित दर खाने गर्दछन् ।

दर खाएको भोलिपल्ट निराहार ब्रत बसी हरितालिका तीज मनाउने गरिन्छ । धार्मिक मान्यता अनुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्धितीयका दिन दर खाई तृतीयका दिन ब्रत बसेको किंवदन्ती छ । अविवाहिताहरुले महादेव जस्तै पति पाउनका लागि र विवाहिताहरुले आफना पतिको दीघार्युको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।

तीज व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु पनि भएको छ । विशेष गरी नेपाली नारीले मनाउने हरितालिकाअर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । तर कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने अवस्था छ ।
कोरोनाका कारण अवस्था त्यति चहलपहलको जस्तो छैन , सामान्य अवस्था भएको भए यो समय हिन्दु महिलामा छुट्टै रौनक र चहलपहलको माहोल हुने थियो तर कोरोना नै मुख्य कारण भयो ।

यसरी यो वर्षको तिज पनि त्यति खासै रमाइलो हुने छाटकाटको भने देखिदैन् , हरेक वर्ष महिलाहरुले तिज धुमधामका साथ मनाउने गर्दछन् तर गएको वर्ष र अहिलेको वर्ष भने सोचेको जसरी मनाउने नपाइने भएको हो । तिजका लागि गाउँ र शहरमा केहि चहलपह दर खाने कार्यक्रम भने सुरु भइसकेको छ । यसैबीच विभिन्न महिला दिदिबहिनीहरुले जित मनाउने गर्छन् । आफ्नो गक्षअनुसारको ।
यसैबीच हरेक वर्ष अभिनेत्रीहरूले पनि तिज मनाउँदै आएका छन् । रातो पहिरनमा सजिएका तस्बिरहरू सामाजिक सञ्जालमा देख्न हामी सजिलै देख्न सकथ्यौ । सधैको वर्ष झै यो वर्ष पनि अभिनेत्रीहरू तिज मनाउने तर्खरमा रहेका छन् । कुन अभिनेत्रीहरुले के कसरी मनाउँदै छन् त । नेपाली चलचित्रका अभिनेत्रीहरू यो वर्षको तिज कसरी मनाइरहेका छन् ?

प्रियंका कार्की :  अभिनेत्री प्रियंका कार्की बेलाबख त निकै विवादमा आउँछिन् यी अभिनेत्री हो यी नै को विवाहपछि योपटक दोस्रो तिज हो । उनी भन्छिन पहिलो तिज कोरोना महामारीका कारण सोचेजसरी मनाउन पाइनन् । यो वर्षको तिजमा कुनै योजना छैन । प्रसूतिको समय नजिकिँदै गएकाले उनले यो वर्षको तिज यसरी नै मनाउँछु भनेर कुनै योजना नबनाएको बताएकी छन् । डेलिभरीको समय नजिकिँदै गरेकाले सम्भवतः म यो वर्षको तिज नमनाउनेमा उनीछिन् । चडपर्वमा खासै ध्यान नदिए पनि पर्वलाई भने सम्मान गर्ने गरको उनको भनाइ छ ।

यस्तै अर्की अभिनेत्री हुन् स्वस्तिमा खड्का :  अभिनेत्री स्वस्तिमा खड्काको तिजको योजना अरू अभिनेत्रीहरूको भन्दा केही फरक छ । उनी तिजमा व्रत बसेर पूजा–आराधना गर्नेभन्दा पनि आफ्नो श्रीमान्सँग ‘क्वालिटी’ समय बिताउन रुचाउँछिन् ।

“व्रत बसेर तिज मनाउने कुरामा म त्यति विश्वास गर्दिनँ । तर, व्रत नबसे पनि म घरमै भएँ भने हामी (म र निश्चल) लन्चको लागि वा डिनरको लागि जाने गरिरहेका हुन्छौँ,” उनले भनिन् ।
यद्यपि, उनी धर्ममा आस्था राख्दै हरेक चाडपर्वलाई मनैदेखि आत्मसात् गर्छिन् । “पर्वको रूपमा मनाउनु ठिक हो । तर, श्रीमान्को लागि व्रत बस्ने, उसको दीघायुको लागि बस्ने भन्ने कुरामा त्यति विश्वास गर्दिनँ । फेरि, कोही दिदीबहिनीहरू मनैदेखि स्वइच्छाले बस्नुहुन्छ भने त्यसको म सम्मान गर्छु,” स्वस्तिमा भन्छिन् ।

तर, छोरी मान्छे भएकै नाताले व्रत बस्नैपर्छ भन्ने परम्परागत सोचको भने उनी विरोध गर्छिन् । समयसँगै हरेक कुरा परिवर्तन हुनुपर्छ भन्ने धेरैको धारणामा स्वस्तिमा पनि सहमति जनाउँछिन् ।
“समयअनुसार परिवर्तन हुनु ठिक हो, तर त्यो परिवर्तन सकारात्मक हो वा नकारात्मक भन्ने कुरामा ध्यान दिनुपर्छ । हाम्रो कल्चरमा पश्चिमी प्रभाव ल्याउनु ठिक होइन । तर, लैगिंक विभेदको कुराहरूमा परिवर्तन आउनु राम्रो हो । यद्यपि, आफ्नो संस्कृतिलाई बिर्सेर देखासिकी गर्ने, आफ्नो गक्षभन्दा माथि गएर मनाउनु ठिक पक्कै होइन ।”

वर्षा राउत:  अभिनेत्री वर्षा राउत व्रत बसेर झकिझकाउ भएर हिँड्नेभन्दा पनि साधारण तरिकामा तिज मनाउन रुचाउँछिन् । तर, योपालि उनको परिवारमा जुठो परेको छ ।
वर्षाको नजरमा तिज विवाहित महिलाका लागि श्रीमान्सँग नजिकिने र अविवाहित महिलाका लागि आफ्नो प्रेमीसँग नजिकिने राम्रो मौका हो ।

“तिज भनेको श्रीमान्–श्रीमती र प्रेमी–प्रेमिकालाई केही नजिक ल्याउने चाडपर्व हो कि जस्तो मलाई लाग्छ,” उनी भन्छिन्, “पहिला–पहिला श्रीमान्को लामो आयुका लागि बसिन्छ भन्ने सुनेको थिएँ, जुन मलाई त्यति विश्वास लाग्दैन ।”

उनी फलफूललगायत खानेकुरा खाएर व्रत बस्ने गर्छिन् । उनलाई त्यति स्मरण त छैन, तर २०–२१ वर्षको हुँदादेखि आमा व्रत बसेको देखेर बस्न थालेकी हुन् । वर्षा पानीसम्म पनि नखाई व्रत नबस्न सुझाव दिन्छिन् ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्माको पनि यो वर्ष तिज विशेष कुनै योजना छैन । गत वर्ष विवाहपछिको पहिलो तिज भने उनले पूजा गरेर निराहार व्रत नबसी मनाइन् ।

“कल्चर भनेको समयसँगै परिवर्तन हुँदै जाने कुरा हो । पहिला नेपालमा बस्ने क्रिश्चियन धर्मावलम्बीहरूलाई भन्दा अरुलाई क्रिसमस भन्ने नै थाहा थिएन होला । तर, पछिल्लो समय सबैले मनाउनुहुन्छ । पश्चिमी संस्कृतिको केही प्रभाव परेकै हो,” उनी भन्छिन्, “तिज भनेको खासमा महिलालाई एउटा बहाना हो, आफ्नो व्यस्त समयबीच आफ्ना लागि एक दिन भए पनि समय निकाल्ने । तर, यसको नाममा महिनौँअघिदेखि दर खाने, साडी, गरगहनाहरू लगाउने विकृति हो जस्तो लाग्छ ।”
उनी तिज आफ्नै घरपरिवारका दिदीबहिनीसँग मनाउनुपर्छ भन्ने सोच राख्छिन् ।

कुनै समय आफ्नो सुख, दुःख पोख्न माइत जाने चलन रहेको तिज पछिल्लो समय भद्दा र देखासिकीमा परिणत भइसकेको छ । तिजको निहुँमा हप्तौँ अगाडिदेखि दर खाने कार्यक्रम र देखासिकीकै लागि गरगहना र पहिरनमा सजिने चलन पछिल्लो समय आएको छ ।

तिजलगायत हरेक पर्व आफ्नो गक्षअनुसार मनदेखि मनाउनुपर्ने धेरैको भनाइ रहेको छ । तिजमा श्रीमान्का लागि भनेर निराहार व्रत बस्ने कुरामा पनि परिवर्तन आवश्यक रहेकोमा जोड दिएको छ ।

यस्तो छ शास्त्रीय मान्यता

नीराहार व्रतका लागि दर
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाई बिहीबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृति बन्दै तीजको संस्कृति

पछिल्ला वर्षहरुमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउछन् । यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि विगत वर्षमा भन्दा कम देखिएको छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महिनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीयरुपमा दर खाने दिनका लागि तोकिएको छ ।पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमको तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिमा भासमा जाकिएपछि यसले संस्थागत रुप लिँदै गएको छ ।

दरसँगै सुरु हुँदै चार दिने तीज

बुधबार दर खाएपछि औपचारिकरुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ २५ गते शुक्रबार, ऋषिपञ्चमी पर्व भदौ २६ गते शनिबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउछन् ।

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउछन् ।

कोरोनाको त्रासले तीजका व्रतालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउँदैछन् । तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइ रहेको सुन्न सकिन्छ । यस वर्ष पनि विगत वर्षमा जस्तै कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज पर्व मनाउनुपर्ने अवस्था दोहोरिएको छ ।

प्रतिक्रिया दिनुहोस्