एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच जेनजी आन्दोलन पछि पहिलो पटक भेट
काठमाडौं, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।
शुक्रबार दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भर्इरहेको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि ओली देउवा पहिलो पटक प्रत्यक्ष भेटवार्ता भएको हो । उनीहरु जेनजी आन्दोलनका बेला सत्ता सहयात्री दल थिए ।















प्रतिक्रिया दिनुहोस्