प्रधानमन्त्री, राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको सर्वपक्षिय बैठक सुरु
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँगको महत्त्वपूर्ण बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) लगायत प्रमुख राजनीतिक दलहरूका प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारीहरू र सुरक्षा निकायका प्रमुखहरू सहभागि भएका छन् ।
प्रधानमन्त्री कार्काीले आज सर्वपक्षिय बैठक आह्वान गरेकी हुन् ।
प्रधानमन्त्रीको कार्यालयले बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलका क्रममा निर्वाचन आयोगका प्रतिनिधिले आयोगको तयारी र सुरक्षा प्रमुखहरूले देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउनेछन् ।
सरकार र निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गराउने बताइरहेका बेला प्रमुख राजनीतिक दलहरूले भने देशमा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यो बैठकलाई निर्वाचनको सुनिश्चितता र सुरक्षा तयारीको समीक्षाका रूपमा हेरिएको छ । दलहरुलै सुरक्षा र निर्वाचनको सुनिश्चिता खोजेकान् ।
जेनजी आन्दानेलनको जगमा बनेको सरकारले फागुन २१ गते निर्वाचन गर्ने म्याण्डेट छ ।















प्रतिक्रिया दिनुहोस्