स्वरसम्राट नारायणगोपालको आज ३५ औँ स्मृति दिवस
काठमाडौं, १९ मंसिर । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस विवभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस मनाइएको हो।
उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित भएका थिए ।
‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए १ कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्।।।’, ‘अल्झेछ क्यारे पछ्यौरी।।।’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् र सबैको मनमष्तिष्कमा बस्न सफल भएका छन् ।
मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण सभा गर्दैछ । सभामा कलाकार, गितकार तथा समाजको मुर्धन्यव्यत्तित्वहरुको उपस्थिति हुनेछ ।















प्रतिक्रिया दिनुहोस्