सुन र चाँदी दुबैको मूल्य घट्यो

काठमाठौं, १९ मंसिर । शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । आजको बजार चाँदी तीन हजार ५ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो । विवाहको सिजनमा सुक बढ्दा खरितकर्तालाई निकै मार परेको छ ।

प्रतिक्रिया दिनुहोस्