सर्पको टोकाइबाट महोत्तरीमा दुई बालिकाको मृत्यु

काठमार्डौं, भदौं २३ । सर्पको टोकाइबाट महोत्तरीमा दुई बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मनरासिस्वा नगरपालिका-२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका-२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जनाकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्