धादिङमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, तीनजना घाइते

काठमाडौं। धादिङको थाक्रे गाँउपालिका–१ धारापानीमा गएराति मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

धारापानीस्थित खोल्सामा गएराति साढे ११ बजे बा१ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक धादिङ थाक्रे–१ का बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार ट्रकमा सवार ३ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका टिका राम तामाङ, राजेश तामाङ र कमल तामाङलाई उद्धार गरि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । घाइतेमध्ये टिकारामको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्