महालक्ष्मी विकास बैंकद्धारा ऋणीको सुन फिर्ता

काठमाडौँ , २० भदौ । महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको थियो । अन्ततः बैंकले ऋणीलाई बोलाएर सुन फिर्ता दिएको छ ।

बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी विष्णु महर्जनले कर्जा चुक्ता गरेपनि धितो फिर्ता लिन केही ढिलोमात्रै भएको बैंकले जनाएको छ ।

महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो ।

धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर समेत गरेकी थिइन् । पहिला सुन फिर्ता दिन आनाकानी गरेको बैंकले शुक्रबार आफूलाई बोलाएर फिर्ता दिएको महर्जनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्