चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने

काठमाडौं , भदौ १८ । चन्द्रागिरि केबलकार शनिबारदेखि सञ्चालनमा आउने भएको छ । कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको केबलकार भोलिबाट सञ्चालनमा आउन लागेको हो ।

चन्द्रागिरि हिल्स प्रालिले भदौ १९ गते शनिबारदेखि नियमित चन्द्रागिरि केबलकार सञ्चालन गरिन लागिएको हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिएका छन् ।

कोरोनाका कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा शनिबारदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सन्चालन हुन लागेको प शाहले बताए ।
केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन् ।कम्पनीका महाप्रबन्धक शाहाले नेपालकै उच्च स्थान चन्द्रागिरि हिल्समा जिप लाईन समेत भोलीबाट सुभारम्भ गर्ने भएको छ ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।  कोरोना कारण लामो समयसम्म बन्द रहेका अरु क्षेत्र पनि सरकारले खुलाउदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्