पश्चिम नवलपरासीको रामग्रामद्धारा बाढी प्रभावीतलाई राहत स्वरुप नगद रकम दिन सुरु

काठमाडौं, भदौ १३ । । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगर क्षेत्र भित्रका बाढि प्रभावीत परिवारलाई तत्कालै राहत स्वरुप नगद रकम दिन सुरु गरेको छ ।

नगरकार्यपालिकाको बैठकले नगरभित्रका बाढि प्रभावितहरुलाई तत्कालै राहत उपलब्ध गराउने निर्णय गरेको हो । सोहि निर्णय अनुसार प्रति प्रभावीत परिवारलाई तत्कालका लागि रु दुई हजार दरले रकम वितरण सुरु गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

समान खरिद गरेर दिन समय लाग्ने भएकाले तत्कालै राहत स्वरु खाद्यन्न खरिदनका लागी नगद दिन सुरु गरिएको प्रमुख गुप्ताको भनाइ रहेको छ ।दैनिक आवश्यक सामाग्रिहरु दाल चामल, तेल लगाएतका खाद्यान्न समाग्रि बापतको खर्च जोडेर रकम सहयोग गरिएको उनले बताए ।

यता बाढी प्रभावीत हरुको लगत पनि संकलन गर्दै जाने र तत्कालै राहत स्वरुप खाद्यन्न खरिदका लागी नगद उपलब्ध गराउन सुरु गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

यस्तै बैकले नगरपालिको रामग्राम १८ पम्फापुरमा बाढिमा डुबेर मृत्यु भएका बाबु छोराको परिवारलाई क्रिया खर्च बापत २५ हजार रुपैँया दिने पनि निर्णय गरेको छ । रामग्राममा ९४ ओटा कच्चि घर टहरा भत्किएको छ भने ४० ओटा घर टहरा आशिंक रुपमा भत्किएको नगरप्रमुख गुप्ताले बताए ।

गरिब विपन्नलाई प्रमुख प्राथमिकतामा राखेर राहत वितरण गरिनेर बाढि प्रभावित क्षेत्रमा यस अगाबै अत्यआवश्यक औषधी सहित स्वास्थ्यकर्मिको टोली पठाईसकिएको पनि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्