तेह्रथुमको आठराईमा बिद्युत बिस्तारको काम अझै अलपत्र

तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउपालिकाका अधिकांश वडाहरुमा ग्रामिण क्षेत्र बिधुतिकरण आयोजनाको काम अझै अलपत्र अबस्थामा रहेको छ ।

नेपाल सरकार उर्जा मन्त्रालयको सहयोग र नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र, तेह्रथुमको अगुवाईमा संचालित जिल्लाको ग्रामिण क्षेत्र बिद्युतिकरण आयोजना अन्तरगतको कुल ३७ करोड ५० लाख रकम बराबरको बजेटबाट जिल्लाको आठराई गाउपालिकाका विभिन्न वडाहरुमा बिद्युत बिस्तारको लागि रु १ करोड ५० लाख र १ करोड ३७ लाख बराबरको बजेटको २ वटा ठेक्का स्विकृती पाएको दुई निर्माण कम्पनीहरु शशिधर निर्माण सेवा प्रा। लि।, मोरङ्ग र ईश्वरी निर्माण सेवा प्रा। लि। तेह्रथुमले २०७७ पौष मसान्त सम्म कार्य सम्पन्न गर्ने गरि ठेक्का संझौता गरेतापनि अनेक बाहाना बनाएर हाल सम्म गाउपालिकाका केही वडाहरुमा आंशिक काम शुरु गरेर अलपत्र छोडिएको छ भने कतिपय वडाहरुमा हालसम्म काम नै शुरु भएको छैन तसर्थ नेपाल बिद्युत प्रधिकरण र निर्माण ब्यबसायीको बेवास्ताको कारण हालसम्म पनि आठराईका अधिकांश जनसमुदायहरु बिद्युत सेवाबाट बंचित हुनुपरेको छ जसले गर्दा अझैपनि आठराईका कतिपय वडाका बासिन्दाहरु अझैसम्म अध्यारोमुनी रहन बाध्य छन् ।

पाच वर्ष अघि कोयाखोला फलाम साघु साना जलविद्युत परियोजना फेदाप गाउँपालिका, सम्दु र आठराई गाउँपालिका, खाम्लालुङका निवर्तमान अध्यक्ष सुमन हाङ्सोराङ लिम्बुको तत्कालीन कार्यसमितिले राष्ट्रिय लाईनको सर्भे तथा जडानको लागि सम्भाब्यता अध्ययन माग गर्दै नेपाल बिद्युत प्राधिकरणमा निवेदन दिएको यतिका लामो समय बितिसक्दापनि हाल सम्म पनि विद्युत बिस्तारका काम नभएकोले आठराई गाउपालिकाका अध्यक्ष मान ब। लिम्बू र उपाध्यक्ष रुपादेवी लिम्बू लगायत जनप्रतिनिधीहरु, नागरिक समाज तथा सम्पुर्ण उपभोक्ताहरु समेतको पहलमा दुबै निर्माण ब्यबसायीहरुलाई पटक पटक ताकेता गर्दा नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र तेह्रथुमले जिन्सी सामाग्री उपलब्ध नगराईदिएकोले गर्दा काम अघि बढाउन नसकेको जानकारी निर्माण कम्पनीहरुबाट प्राप्त भए पश्चात नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र तेह्रथुमका प्रमुख प्रेम बहादुर भण्डारीसंग समन्वय गर्दा उहाबाट आश्वासन मात्र प्रात भएको र हाल उहाँ तेह्रथुमबाट सरुवा भएर रसुवा गैसक्नुभएको जानकारी प्राप्त भयो ।

त्यसैगरि हालका बितरण केन्द्र तेह्रथुमका प्रमुख श्याम सुन्दर शाक्य संग जिन्सी सामाग्री उपलब्ध गराई छिटो भन्दा छिटो उक्त रोकिएको ग्रामिण बिद्युतिकरण आयोजनाको काम शुरु गर्नको लागि निर्माण कम्पनीहरुसंग आबश्यक सहजिकरण तथा समन्वय गर्न पटक पटक आग्रह गर्दा हाल सम्म जम्मा ६० कि। मि। तार मात्र उपलब्ध भएको र बिजुलीको पोल र ट्रान्सफर्मर लगायतका सामाग्रीहरुको कुनै अत्तोपत्तो नभएको साथै उक्त २ निर्माण कम्पनीको समेत अत्तोपत्तो नभएकोले आठराई गाउपालिका अझैपनि केही बर्ष बिजुलीबाट बन्चित हुनेपर्ने अबस्था रहेको आठराई गाउपालिकाबाट अम्बर बिसुङ्केले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्