खाने तेलको मुल्यमा वृद्धि

काठमाडौँ , ३ भदौ ।उद्योगहरु खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
अघिल्लो शनिवारयता मात्रै खाने तेलको भाउ लिटरमा कम्तिमा १० देखि बढीमा ३५ रुपैंयाँसम्मले महँगो भएको संघका केन्द्रीय कार्यकारी सदस्य ध्रुव अधिकारीले जानकारी दिए ।
तोरी, सनफ्वालर र भटमास सबैको मूल्य एकाएक बढेको छ । गत वर्ष मंसिरदेखि झण्डै दोब्बर मूल्यले बेढेको खाने तेलको भाउ केही समय अघि घटेको भन्दै उद्योगीहरुले प्रचार गरेका थिए ।
तेलको भाउ प्रतिलिटर २३५ सम्म आइपुगेको थियो । तर पुनः २६५ रुपैयाँकै अवस्थामा पुगेको छ ।
साउन २३ अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको संघले जनाएको छ ।
यस्तै धारा तोरी र भटमास तेलको मूल्य पनि बढेको छ । खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको खुद्रा व्यवसायीहरूले बताएका छन् ।
नेपाल वनस्पति घिउ तेल उत्पादक संघमा २० वटा तेल उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरु आवद्ध छन् । तर, कुनै पनि उद्योगीहरु तेलको भाउ बढेको वा घटेकोबारे सार्वजनिक रुपमा बोल्न चाहँदैनन् ।
अनुमानकारी निकायका अनुसार उपभोक्ताको गुनासो र बजारको समस्याअनुसार विभागमा अनुगमनका लागि जनशक्तिको अभाव भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्