निर्मलालाई न्याय माग्दै सावित्री सुवेदी धनगढीमा, मुख्यमन्त्री कार्यालय अगाडी अनौठो प्रदर्शन
काठमाडौं, भदौ १ । यति बेला दिनप्रतिदिन छोरी चेली बलात्कारको शिकारमा पर्ने क्रम बढेको छ । तर यसको न्यायका लागि आवाज उठेपनी अपराधी भने पत्ता लगाउन सरकार असफल हुने गरेको छ । छोरी चेलीका अभिभावक तथा आपन्तले अझै न्यान पाउन सकेका छैनन् ।
यस्ता अपधारका विरुद्ध आवाज उठाउने एक महिला अधिकारकर्मी हुन् सावित्री सुवेदी , हो तीनै सुवेदी आज एक चेलीको न्यायका लागि सुदूरपश्चिम धनगढी पुगेकी छन् । त्यहाँको प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि उनले विरोध प्रदर्शन गरेकी छन् । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै उनले धनगढी पुगेर एक्लै मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन् ।
‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे! मेरो शरीर मेरो अधिकार १’ लेखिएको प्ले कार्डसहित उनले मुख्यमन्त्री कार्यालयको गेटमै प्रदर्शन गरेकी हुन् । कालो कपडाको टालो टाउकोमा, मुखमा कालो टेप र कालै कपडाले आफ्नो वक्षस्थल छोपेकी उनको छातिमा रातो अक्षरमा लेखएको थियो– ‘बलत्कारीलाई फाँसी ।’
निर्मला पन्त बलात्कारपछि हत्या घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी आएको उनले बताइन् ।
सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्