निर्मलाका हत्यारा तीन वर्षसम्म किन पत्ता नलागेको ?

काठमाडौँ, साउन १२ । राष्ट्रियसभा सदस्य तारादेवी भट्टले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष बितिसक्दा पनि किन हत्यारा पत्ता लाग्न सकेन भनी प्रश्न गरेकी छन्।मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद भट्टले यस्तो प्रश्न गरेकी हुन् ।

कसको निर्देशनमा प्रमाणहरु नष्ट गरेको र २४ घण्टामै निर्मलाको शवलाई महाकाली लगेर दाहसंस्कार गर्ने काममा प्रहरीले किन हतार गरेको भन्दै उनले प्रश्न गरिन्। उनले अबको सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

सांसद भट्टले अहिलेको समयमा जुनसुकै राजनीतिक दलले इगो, तागत र दम्भको भरमा विभिन्न ठाउँमा सभा, जुलुस र भीड गर्ने कुरा नागरिकको हितमा नभएको बताइन्।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको ३ वर्ष बितिसकेको छ । अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छ्रैन् । यसको सत्य तथ्य कुरा अबको सरकारले बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्