बझाङ मा भयो यस्तो नियम लागु ,रक्सी उत्पादन तथा उपभोग गरे वडा कार्यालयको सुविधा नपाइने
काठमाडौं । बझाङमा रक्सी उत्पादन तथा उपभोग गरे वडा कार्यालयको सुविधा नपाइने भएको छ ।दुर्गाथली गाँउपालिका वडा नम्बर–७, ले रक्सी उत्पादन तथा बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्द लगाएको छ ।
रक्सी खाएर हल्ला गर्ने व्यक्तिलाई वडा कार्यालयले दिने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरेको वडा अध्यक्ष ऐनबहादुर जप्रेलले जानकारी दिए । गएको पुस २० गते बसेको वडाका पदाधिकारी र स्थानीयबासीबीचको बैठकले वडा रक्सीरहित बनाउने निर्णय गरेको वडा कार्यालयले जनाएको छ ।
वडा बैठकले मदिरा सेवन गरी हल्ला गरेमा पहिलो पटक २ हजार ५ सय रुपैयाँ जरीवाना, दोस्रो पटक ५ हजार रुपैयाँ जरीवाना र तेस्रो पटक फेला परे वडाबाट उपलब्ध गराउने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरेको हो ।
यस्तै वडाले रक्सी उत्पादन तथा बिक्री गर्न पनि निशेष गरेको छ ।
प्रतिक्रिया दिनुहोस्