बाँकेबाट पाटे बाघको छालासहित दुई पक्राउ

काठमाडौं, असार १७ । प्रहरीले बाँकेबाट पाटे बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहीबार बाँके बेजनाथ गाउँपालिका वडा नम्बर ४ तिलकपुरस्थित भित्री सडकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पक्राउ पर्नेमा अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीय नन्दु बुढा रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्