नारी ! भन्दाखेरी महिला पुरुष एकै अङ्ग भन्ने, व्यबहार गर्दा नारिलाई मान्छे नै नगन्ने

नारी युगौदेखी पिडा भोक्दै आए !
पुरुषले उपभोगको साधन बनाए
वाह कति मिठो नारा,
भन्दाखेरी महिला पुरुष एकै अङ्ग भन्ने!
व्यबहार गर्दा नारिलाई मान्छे नै नगन्ने

ती नारी अपहेलित छिन!
उनको अस्तित्व लुटिएको छ
धेरै पटक बर्बरता अत्याचार खेपिरहेकि छिन!!
अरे हजुर कोहि त बोल,
नारी बिना केही छैन फेरि
गार्‍हो छ उनलाई सास फेर्न घरीघरी
पुरुष हु भन्छ फगत दुव्र्यवहार गर्छ फेरिफेरी!!

बिचरा चेलिहरु चुलो भित्र सिमित हुनुपर्ने
हिंसा गर्छ फेरि चिल्लो घसी गोडा धुनुपर्ने !
सम्मान पाउनु परै जावस उल्टै पिट्छ घरीघरी
बच्चा बोकि काम गर्छिन पिठ्युँमा र पेटमा
भोको पेट जान्छिन उनी बिहानै खेतमा

सहि नसक्नु छ हजुर ब्यथा सासु बुहारीमा!
सासुको यातनाले डुब्थिन ऊनी आसुमा
कस्तो पिडादायी,
राणाकालमा हाम्री चेली जबर्जस्ती सति जानुपर्ने!!
अहिले पति मरे सेतो लाउनुपर्ने
वाह क्या गजबको समाज,
नारी मरे पुरुषले छ महिनामै अर्कि खोज्ने
पुरुष मरे नारीले सेतो लगाई बस्नुपर्छ भन्ने
दाइजो आएन भन्दै जीउँदै आगो लगाई पोले!
कानुन छैन हजुर,छैन पैसा के आधारमा लड्ने

कोही नारी नारिलाई बेची खाने गर्छन्
सोझाजती पिडा भोगी आत्महत्या गर्छन्!
हे नारी हो अब नबस कसैको दास बनेर
रजाइँ छ यहाँ पुजिपती बर्गको
आँखा खोल तिमी अनि समाऊ बिद्रोहको झन्डा!!
लड्नैपर्छ अब आफ्नो अधिकारलाई समाऊ
सुन ए हिमालकी छोरी पार्बती सुन!
साचो कुरा बुझ अब बिद्रोह गर

✍️ लोकेश जोशि

प्रतिक्रिया दिनुहोस्