स्रष्टाहरुलाई सम्मान
काठमाडौँ। मिलाप मासिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्याएका स्रष्टाहरुलाई आज सम्मान गरेको छ।
मिलाप प्रकाशनको आवरणमा आएका विभिन्न स्रष्टा लाई ‘मिलाप कभर सम्मान’बाट कलाकार रश्मि पाण्डे, संचारकर्मी स्वस्तिका पन्थी लगायतलाई सम्मानित गरिएको हो।
‘सो पत्रिकाको कभर पेजमा स्थान पाएका तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरूलाई ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको छ।
लोकप्रिय मासिक पत्रिकाद्वारा नेपाली भाषा, साहित्य, कला, संगीत, संस्कृति र पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याउने स्रष्टा तथा व्यक्तित्वहरूलाई यस किसिमको सम्मान प्रदान गर्ने संस्थाको नीति छ।
कार्यक्रममा’टीका गोपाल गीत संगीत विशेष सम्मान’ समेत विभिन्न स्रष्टालाई गरिएको छ।
मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा विश्वकीर्तिमानी सन्तोष श्रेष्ठ, बरिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी, भूवन चन्द, मोहन निरौलालगायतको सहभागिता थियो।
दिपावलीको अवसरमा शुभकामना आदान प्रदान गरिएको कार्यक्रममा काव्या अधिकारीको नृत्य प्रस्तुत गरिएको थियो।






















प्रतिक्रिया दिनुहोस्