आज सुनको मूल्य बढ्यो, चाँदीको घट्योे

काठमाडौं, १७ कार्तिक । आज मंगलबार सुनको मूल्य बढेको छ। भने चाँदीको घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४५ रुपैयाँ घटेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६७५ रुपैयाँमा कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्