वैयाकरण नेपालको स्मृति दिवस सम्पन्न, भोजपुरकी दुई छात्रासहित भद्रकुमारी घलेलाई सम्मान
काठमाडौं, २ मंसिर । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानले १०५ औं वैयाकरण नेपाल स्मृति दिवस मनाएको छ ।
प्रतिष्ठानद्धारा जारी विज्ञप्तीमा पुरस्कार वितरण तथा साधारणसभा पनि गरिएको जनाइएको छ । विज्ञप्तीमा २०८२ सालको वैयाकरण नेपाल स्मृति पुरस्कार भद्रकुमारी घलेलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५१ हजार रुपैंया रहेको छ । २०७१ सालदेखि अहिलेसम्म ११ जनाले पुरस्कार पाएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले गरेका राम्रा कामलाई थप सहयोग पुगोस् भनेर सम्मानित घलेले आफूले पाएको पुरस्कारको राशी प्रतिष्ठानका अध्यक्ष एकमणि नेपाललाई नै हस्तान्तरण गरेकी छिन् । नेपाली साहित्य परिषद्का अध्यक्ष रमा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ सय पुगेका न्याय शताब्दीपुरुष कृष्णप्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले कार्यक्रममा २०८३ सालको १२ कक्षाको परीक्षामा सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने भोजपुरको विद्येश्वर माविकी समीक्षा भारती र जनोदय माविकी सरुणा विश्वकर्मालाई जनही १० हजार रुपैंयाले विद्यादेवी–बाबुराम दाहाल छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानले यी दुई विद्यालय छानेर कक्षा १२ मा उत्कृष्ठ हुनेलाई सम्मान गरेको हो । प्रतिष्ठानका सन्तोषमणि नेपालले छात्रवृत्ति रकमलाई भोलिको दिनमा बढाउँदै लगिने सोच भएको बताएका छन् ।
२०६७ सालमा ज्ञानमणि नेपालको अध्यक्षतामा गठन भएको प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, समाजसेवा, साहित्यलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।























प्रतिक्रिया दिनुहोस्