एकता संयोजन समितीको बैठक बस्दै

काठमाडाैँ – एमाले, माओवादी एकता संयोजनन समितिको बैठक आज बस्ने भएको छ । मध्यान्ह बस्ने संयोजन समितिको बैठकले हिजो अध्यक्ष द्वय ओली र दाहालबीचको सहमतिलाई अन्तिमरुप दिने बुझिएको छ ।

आज बस्ने बैठकले औपचारिक रुपमा पार्टीको एकता घोषणा गर्ने मिति, निर्वाचन आयोगमा दल दर्ता लगायतका अन्य प्राविधीक विषयको टुङगो लगाउने एमाले नेता शुवास नम्बाङले जानकारी दिनुभयो ।

नेताहरुबीच हिजो पार्टी एकताका लागि सात बुदे सहमति पत्रलाई हस्ताक्षर भएपछि आज समितिले त्यसलाई आधार मानेर अघि बढने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्