प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी
काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ ।
वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाकमार्फत जाहेरी पठाएका हुन् ।
बेनसहितले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको मोबाइलबाट प्रमाण मेटाएको र अनुसन्धान प्रभावित पारेको आरोप जाहेरीमा लगाइएको छ । मोबाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै बेनको घरसम्म पुर्याइएको दाबी गर्दै त्यससम्बन्धी प्रमाणसमेत पेस गरिएको छ ।
जाहेरीमा प्रधानमन्त्रीको सचिवालयका विशाल अधिकारी र चिराग श्रेष्ठ तथा गृहमन्त्रीको सचिवालयका जेम्स कार्कीमाथि समेत अनुसन्धान गर्न माग गरिएको छ ।
यसअघि सोमबार प्रहरी परिसरमा जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि आफूले हुलाकमार्फत जाहेरी पठाएको उनले बताए ।























प्रतिक्रिया दिनुहोस्