रौतहट गरुडा नगरपालिकामा फोरम र काँग्रेस विजयी

काठमाडौं । गरुडा नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरमका इन्दुराय यादवले ३ हजार ८७६ मत र उपप्रमुख पदमा नेपाली काँग्रेसकी रंगिला देवी देवीले ४ हजार ६०३ मत ल्याई विजयी भएका छन् ।

इन्दुराय यादवका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुुनिलकुुमार यादवले ३ हजार ८०३ मत प्राप्त प्राप्त गरे यसै गरि रंगिला देवीकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी विन्दुु देवीले चार हजार २७६ मत प्राप्त गरिन् ।

यादवको विजयसँगै रौतहटमा फोरमबाट विजयी हुनेको संख्या ४ पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस्