बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक

काठमाडौं, ७ फागुन। एमाले र माओवादी नेताहरुको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका साथै एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सहभागी छन् ।

त्यसैगरी माओवादी केन्द्रतर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल पनि बैठकमा सहभागी छन् । केपी ओली र प्रचण्डवीच दुई दिनसम्म चलेको छलफललाई अनुमोदन गर्नका लागि एकता संयोजन समितिको बैठक बसेको हो । बैठकले पार्टी एकतालाई पूर्णता दिनका लागि कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।

बैठक साँझ ७ बजेदेखि बस्ने भनिए पनि राति ८ बज्नलाग्दा सुरु नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्