पार्टी एकता अन्तिम बिन्दुमा, आजै हस्ताक्षर

काठमाडौं, ६ फागुण । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा अधिकांश विषमा सहमति जुटेको छ । बैठकमा सहभागि नेताह?का् स्रोतका अनुसार आजै सहमतिमा हस्ताक्षर हुनेसक्छ संभावना छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्ता पछि पार्टी एकताको सहमति जुटेको हो ।

स्रोतका अनुसार दुई नेताबीच पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ ।

पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहने सहमती भएको छ । । सह–अध्यक्ष वा द्वितिय अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउने छ ।

दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर, अवधि भने तोकिएको छैन ।

जनताको बहुदलीय जनवाद, २१ औं सताब्दीको जनवाद, माओवाद लगायतका वैचारिक राजनीतिक विषयलाई बहसमा लैजान सहमती भएको छ ।

दुई नेताबीच भएको सहमतिलाई अन्तिम ?प दिन साँझ ७ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । माओवादी एक नेताले भने, ‘लगभग सबै कुरा मिलेको छ । तलमाथि भएन भने आजै हस्ताक्षर हुन्छ ।’

एमाले उपाध्यक्ष बामदेव गौतमले पनि दुई नेताबीच पार्टी एकताको सहमति जुटेको पुष्टि गरेका छन् । दुई अध्यक्षबीच सहमति भयो भने त्यसलाई आजै एकता संयोजन समितिले अनुमोदन गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्