तरुण दलद्धारा अगुवा कार्यकर्ता भेलाको आयोजना

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । प्रजातन्त्र दिवसका अवसर पारेर पार्टी कार्यालय सानेपामा भेला आयोजना बोलाईएको दलका अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका छन् ।
भेलामा राजनीतिक घटनाक्रम र आफ्नो माउ पार्टी कांग्रेसलाई कसरी पुनः सशक्त बनाउन सकिन्छ भन्ने बारे छलफल हुने अध्यक्ष बस्नेतले बताए । भेलालाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा काठमाडौँ,ललितपुर,भक्तपुर जिल्लाका कार्यसमिति र उपत्यकामा उपलब्ध अन्य जिल्लाका तरुण नेता कार्यकर्ता सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्